नगरद्वारा सुपारीको विरूवा वितरण

अनमोल समाचारदाता
उर्लाबारी ।
मोरङको उर्लाबारी नगरपालिकाले स्थानीय किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत सिङ्गापुरे जातको सुपारीको बिरूवा वितरण गरेको छ । 
नगदेबालीका रुपमा लोकप्रिय रहेको सुपारी खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । नगरपालिकाले यस वर्ष २० हजार ८०० बिरूवा वितरण गरिसकेको कृषि शाखा प्रमुख अम्बिका लुइँटेलले जानकारी दिनुभयो । व्यावसायिक रुपमा सुपारी खेती गर्न चाहने किसानहरुलाई प्रोत्साहन गर्न प्रतिव्यक्ति न्यूनतम ५० देखि अधिकतम २५० वटासम्म बिरूवा उपलब्ध गराइएको छ । 
मोरङका उर्लाबारी, लेटाङ, पथरी, जाँते, मधुमल्ला, डाँगीहाट, बेलबारी र भोगटेनी लगायतका क्षेत्रहरु सुपारी खेतीका मुख्य हब हुन् । हाल मोरङ जिल्लाभर करिब ८ सय हेक्टर क्षेत्रफलमा सुपारीको व्यावसायिक खेती भइरहेको छ । स्थानीय किसानहरुले सहकारी स्थापना गरेर आफ्नै प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि सुपारीको बजारीकरण झनै सहज बनेको छ । प्रशोधन केन्द्र स्थापना भएसँगै उचित मूल्य र बजार सुनिश्चित भएपछि यस क्षेत्रका अन्य किसानहरु पनि व्यावसायिक सुपारी खेतीतर्फ तीव्र रूपमा आकर्षित भइरहेका छन् ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment