निजी अर्बिटल रकेट ‘विक्रम–१’ को सफल लन्च

 

 हैदराबादको स्पेस कम्पनी स्काईरूट एरोस्पेसले शनिबार भारतको पहिलो प्राइभेट अर्बिटल रकेट ‘विक्रम–१’ सफलतापूर्वक लन्च गरेको छ ।

यो रकेटको लन्चिङ आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित लन्च सेन्टरबाट दिउँसो १२ः०५ बजे गरिएको हो । यसअघि यो रकेट बिहान ११ः३० बजे लन्च गर्ने तालिका थियो । उडान हुनुभन्दा करिब ५ मिनेट पहिले काउन्टडाउन रोकिएको थियो । केही समयको होल्डपछि प्रक्रिया फेरि सुरु गरियो र रकेटलाई सफलतापूर्वक लन्च गरियो ।
    समाचार एजेन्सी पीटीआईका अनुसार यो परीक्षण उडानलाई ‘मिशन आगमन’ नाम दिइएको छ। यस मिशन अन्तर्गत विक्रम–१ धेरै प्राविधिक परीक्षणसँग जोडिएका पेलोड लिएर प्रस्थान गरेको छ । रकेटले आफूसँगै प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टकार्ड र ‘कस्मिक ब्लूम’ नामक एउटा कलाकृति पनि लिएर गएको छ । स्काईरूट एरोस्पेसले यसअघि सन् २०२२ मा ‘विक्रम–एस’ सबअर्बिटल रकेट लन्च गरेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment