इन्डियन डाक्टर्स फर पीस एन्ड डेभलपमेन्ट (आईडीपीडी) ले इन्डियन मेडिकल एसोसिएशन (आईएमए) सँग एउटा अपिल
गरेको छ । आईडीपीडीले वल्र्ड मेडिकल एसोसिएशन (डब्ल्यूएमए) मा इजरायली मेडिकल एसोसिएशनको निलम्बनको मागलाई समर्थन गर्न आईएमएलाई आग्रह गरेको छ ।
संगठनको प्रेस रिलिज अनुसार, ‘जबसम्म इजरायली मेडिकल एसोसिएशनले मेडिकल एथिक्स र मेडिकल न्यूट्रालिटीसँग जोडिएका आफ्ना दायित्वहरूको पालना सुनिश्चित गर्दैन, तबसम्म उसमाथि कारबाही हुनुपर्छ ।’
आईडीपीडी इन्टरनेसनल फिजिसियन्स फर द प्रिभेन्सन अफ न्यूक्लियर वार (आईपीपीएनडब्लू) को सहयोगी संस्था हो । संगठनले विगत दुई वर्षमा गजाको स्वास्थ्य व्यवस्थामा गम्भीर असर परेको बताएको छ । अस्पतालहरूमा हमला, डाक्टर र स्वास्थ्यकर्मीहरूको मृत्यु तथा गिरफ्तारी जस्ता घटनाहरू संयुक्त राष्ट्र संघका एजेन्सीहरूले रेकर्ड गरेका छन्। यसका साथै मानवीय सहायता र आवश्यक स्वास्थ्य सेवामा अवरोध पु¥याइएका तथ्यहरू पनि बाहिर आएका छन् ।
संगठनले हालै ‘द ल्यान्सेट’ मा प्रकाशित लेखको पनि चर्चा गरेको छ । उक्त लेखमा इजरायली मेडिकल एसोसिएशनलाई डब्ल्यूएमएबाट निलम्बन गर्ने
अन्तर्राष्ट्रिय मागको चर्चा गरिएको छ । यसमा जस्टिस एस. मुरलीधरको अध्यक्षतामा रहेको स्वतन्त्र जन न्यायाधिकरणको रिपोर्ट र साउथ अफ्रिकन मेडिकल एसोसिएशनले चालेका कदमहरूको पनि उल्लेख छ । आईडीपीडीले यस मुद्दामा एउटा अनलाइन याचिका पनि सुरु गरेको छ । यो याचिकालाई भारत र अन्य देशका डाक्टरहरू, स्वास्थ्यकर्मीहरू तथा जनस्वास्थ्य विज्ञहरूले समर्थन गरिरहेका छन् । संगठनले आईएमएलाई अक्टोबर २०२६ मा हुने डब्ल्यूएमए महासभामा यो मुद्दा बलियोसँग उठाउन अनुरोध गरेको छ । उसले मेडिकल एथिक्स र संघर्ष क्षेत्रमा स्वास्थ्य सेवाको सुरक्षाको पक्षमा स्पष्ट रूपमा उभिन पनि आग्रह गरेको छ ।
0 Comments:
Post a Comment