अनमोल समाचारदाता
पथरी शनिश्चरे । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) पथरी शनिश्चरे नगर कमिटीको तेस्रो नगर सम्मेलनले पुनः शारदा बस्नेतको अध्यक्षतामा २० सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ ।
आइतबार नेकपा एमाले पार्टी कार्यालय पथरी शनिश्चरे–१ रत्नचौकमा भएको सम्मेलनबाट पूर्णकुमारी तामाङ उपाध्यक्ष, सपना राई सचिव, मुना खड्का सह–सचिव र कोपिला आचार्य कोषाध्यक्षमा चयन भएका छन् । यसैगरी सदस्यहरूमा रेणुका बराल, जानुकादेवी दाहाल, अनिता थापा, पार्वता खतिवडा, जमुना लुइटेल, अन्जना कटुवाल, यसोदा राई, टिका गौतम, शोभादेवी ग्लान, मनकुमारी विश्वकर्मा, विन्दा न्यौपाने, पवित्रा लावर, नम्रता पराजुली, देवीमाया राई र जमुना लिम्बु चयन भएका छन् ।
सम्मेलनमा अनेमसंघ केन्द्रीय सदस्य तथा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य यमुना बिष्ट, कोशी प्रदेश कमिटी सदस्य तथा नगर इञ्चार्ज किशोर राई, अनेमसंघ प्रदेश कमिटी उपाध्यक्ष सरला राई, अनेमसंघ जिल्ला कमिटी अध्यक्ष भीष्मा रेग्मी, नेकपा एमाले नगर कमिटी अध्यक्ष संजिव गिरी, सचिव विरोज मगर लगायत एमाले तथा अनेमसंघका विभिन्न तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

0 Comments:
Post a Comment