अनमोल समाचारदाता
उर्लाबारी । अल राउन्ड इन्टर्टेनमेन्ट फाउन्डेसन, उर्लाबारीको आयोजनामा सञ्चालित ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस तथा मिस टिन उर्लाबारी’(चौथो संस्करण)को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।
उर्लाबारी–५ स्थित होटल ग्राण्डमा आयोजित एक विशेष समारोहका बीच यो स्पर्धा सम्पन्न भएको हो । उर्लाबारी–७ की वडा अध्यक्ष उर्मिला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा राजनीतिकर्मीहरु निरोज तिम्सिना, योगेश बस्नेत, समाजसेवी नवीन श्रेष्ठ तथा सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमका अतिथिहरुले प्रतियोगी बालबालिकाहरुलाई शुभकामना दिँदै यस्ता प्रतियोगिताले बालप्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । फाउन्डेसनका उपाध्यक्ष प्रवेश तामाङको अध्यक्षता तथा अध्यक्ष राजिव दियालीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा सहभागी बालबालिकाहरुले आफ्नो बहुमुखी प्रतिभा प्रदर्शन गरेका थिए । प्रतियोगीहरूले मञ्चमा गायन, नृत्य, चित्रकला, कराँते तथा जिम्नास्टिक लगायतका विविध कला प्रस्तुत गरेर उपस्थित दर्शक तथा निर्णायकहरूलाई आकर्षित गरेका थिए ।
आयोजकका अनुसार बालबालिकामा लुकेका प्रतिभालाई उजागर गर्नुका साथै उनीहरुमा आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । यस्ता कार्यक्रमले बालबालिकाको समग्र व्यक्तित्व विकासमा सकारात्मक भूमिका खेल्ने अपेक्षा आयोजक फाउन्डेसनले लिएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

0 Comments:
Post a Comment