वडाद्वारा सिकुटी भट्टी चुला वितरण


अनमोल समाचारदाता
पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को कार्यालयले सिकुटी व्यवसाय गर्दै आउनुभएका ५ जना व्यवसायीहरुलाई सिकुटी भट्टी चुला वितरण गरेको छ । 
    मंगलबार वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित रकमबाट सो व्यवसायमा थप सहयोग र हौसला पुगोस् भन्ने हेतुका साथ भट्टी चुला वितरण गरिएको वडा अध्यक्ष भीम राईले जानकारी दिनुभयो । चुला वितरण कार्यक्रममा कार्यपालिका सदस्य विरध्वज शिवा, वडा सदस्यहरु वसुन्धरा गुरुङ, आरती विश्वकर्मा, सुरेश कार्की, वडा सचिव मित्रकला चापागाई र कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment