हरियाली पौडी पोखरीको दोस्रो वार्षिक उत्सव सम्पन्न

अनमोल संवाददाता
पथरी, जेठ २५

पथरी शनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित हरियाली पौडी पोखरीको दोस्रो वार्षिक उत्सव–२०८३ सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा अवस्थित पौडी पोखरी परिसरमा आयोजित कार्यक्रममा हरियाली सामुदायिक वन लिमिटेडका अध्यक्ष दिलबहादुर तामाङको अध्यक्षता रहेको थियो भने पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बु प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा अध्यक्ष तामाङले पोखरी सञ्चालन तथा विकाससम्बन्धी प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर (विकास) तथा वडाध्यक्ष लिम्बुले शुभकामना मन्तव्य व्यक्त गर्दै पोखरीले स्थानीय पर्यटन प्रवद्र्धनसँगै युवाहरूलाई खेलकुद गतिविधितर्फ आकर्षित गरेको बताउनुभयो ।
वन लिमिटेडका म्यानेजर रोहित बास्तोलाले सञ्चालन गर्नुभएको कार्यक्रममा दोस्रो वार्षिक उत्सवको अवसरमा पौडी खेल्ने सहभागीहरूका लागि आकर्षक नगद पुरस्कार योजनाको समेत घोषणा गरिएको छ ।
वनका अनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने विशेष कार्यक्रममा सहभागी पौडीबाजहरूमध्ये प्रत्येक दिन गोलाप्रथाद्वारा छनोट गरिने एक जना भाग्यशाली विजेतालाई नगद रु. २ हजार ५०० प्रदान गरिनेछ । साथै, तीनै दिन पौडी खेल्ने सहभागीहरूमध्येबाट एक जना भाग्यशाली विजेतालाई बम्पर उपहारस्वरूप नगद रु. १० हजार प्रदान गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment