विश्व क्षयरोग दिवसमा पथरी शनिश्चरेमा सचेतनामूलक ¥याली

अनमोल समाचारदाता
पथरी ।
विश्व क्षयरोग दिवस को अवसरमा पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाले सचेतनामूलक ¥याली आयोजना गरेको छ ।
आज ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नारा अंकित ब्यानरसहित स्वास्थ्य शाखाको नेतृत्वमा ¥याली निकालिएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य लगायत नगरका स्वास्थ्यकर्मी तथा विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नगरपालिकाको कार्यालयबाट सुरु भएको ¥याली पथरी बजार परिक्रमा गर्दै पुनः समापन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । यस प्रकारका कार्यक्रमले क्षयरोग नियन्त्रण तथा अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment