अनमोल समाचारदाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेमा इनिशा विकको हत्या विरुद्ध विरोध सभा र प्रदर्शन गरिएको छ ।
शनिबार पथरी बजारको गोर्खा डिपार्टमेन्ट अगाडि पथरी जेसीजको मुख्य आयोजना तथा स्वविय पथरी बहुमुखी क्याम्पस र नगर इसाई युवा समाजको सह–आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वक्ताहरु पथरी जेसीजका अध्यक्ष सुमन कुरुम्बाङ, नगर शिक्षा शाखा अधिकृत बिना मिश्र, सुनाखरी माविको प्रधानाध्यापक भूमिका मगर, पथरी जेसीजका निवर्तमान अध्यक्ष निर्मला भट्टराई, पथरी बहुमुखी क्याम्पस स्ववियु सचिव किर्तिका खनाल र सञ्चारकर्मीको तर्फबाट अर्जुन जम्नेली राई रहनुभएको थियो । विरोध सभामा ‘हामी न्याय मागिरहेका छौं, दया होइन’, ‘हिजो निर्मला, आज इनिशा, भोलि को ?’, ‘सरकार कहिलेसम्म बलात्कार ?’, ‘ढिलो न्याय आधा अन्याय, बलात्कारीलाई तत्काल सजायँ’ लगायत लेखिएको प्ले कार्ड बोकेर विरोध गरिएको थियो ।
कार्यक्रमको संयोजन पथरी जेसीजका उपाध्यक्ष जेसी अहिका शंकरले गर्नुभएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)

0 Comments:
Post a Comment