स्काउट पोशाक वितरण

अनमोल समाचारदाता
पथरी ।
नेपाल स्काउट अन्तर्गत स्थानीय स्काउट कार्यालय पथरी शनिश्चरे नगरपालिकाद्वारा स्काउट पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार वडा नं. ५ स्थित सुँगाहाट माध्यमिक विद्यालय मा आयोजित कार्यक्रममा नगर उप–प्रमुख एवं स्काउट आयुक्त देविमाया काफ्लेको अध्यक्षतामा विद्यार्थीहरुलाई स्काउट पोशाक वितरण गरिएको हो ।
पोशाक वितरण गर्दै उप–प्रमुख काफ्लेले स्काउट अभियानले विद्यार्थीहरुमा अनुशासन, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गराएको बताउनुभयो। उहाँले भन्नुभयो, “नगरपालिकामा स्काउट गतिविधिले विद्यार्थीहरुलाई अनुशासनसँगै चौतर्फी विकासमा महत्वपूर्ण सहयोग पु¥याएको मैले अनुभव गरेको छु ।”
कार्यक्रमको सञ्चालन पथरी शनिश्चरे नगर स्काउटका प्रमुख रोशन बुढाथोकीले गर्नुभएको थियो। कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment