अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) रोग नियन्त्रणसम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार वडा नं. १ स्थित पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा नगरका फ्रेस हाउस सञ्चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमले बर्ड फ्लु रोगको जोखिम, रोकथामका उपाय र जनचेतना अभिवृद्धिमा जोड दिएको थियो ।
नगरका पशु चिकित्सक डा. आशिष देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडाध्यक्षहरू भीम राई र उद्धवराज बस्नेत, कार्यपालिका सदस्यहरू सिता भूषाल र मन्जु राई, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुल्सीराम अर्याल, नगर प्रहरी प्रमुख योगेन्द्र श्रेष्ठ तथा जनस्वास्थ्य अधिकृत जगत प्रसाद मगरलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम पशु स्वास्थ्य शाखाका प्राविधिक लक्ष्मी घिमिरेले सञ्चालन गर्नुभएको थियो भने सहजीकरण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका वरिष्ठ पशु विकास अधिकृत डा. अजय कुमार शाहले गर्नुभएको थियो ।
कार्यक्रममा बर्ड फ्लु रोगको पहिचान, संक्रमणबाट जोगिने उपाय तथा फ्रेस हाउस सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो ।
Home
समाचार
स्थानिय
बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) रोग नियन्त्रणसम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम
Subscribe to:
Post Comments
(
Atom
)

0 Comments:
Post a Comment