उपसभामुख रानाद्वारा शिव शक्ति बाबा महाराजलाई बधाई तथा शुभकामना

अनमोल समाचारदाता
जाँते ।
उपसभामुख इन्दिरा राना मगरले श्री श्री श्री दिव्य शक्ति जगद्गुरुपरम पूज्य शिव शक्ति बाबा महाराजलाई बधाई तथा शुभकामना दिनुभएको छ । 
शनिबार मोरङको लेटाङ–९ जाँतेमा अवस्थित शिव शक्ति बाबाधाम संरक्षण समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि उपसभामुख रानाले श्री श्री श्री दिव्य शक्ति जगद्गुरुपरम पूज्य शिव शक्ति बाबा महाराजलाई बधाई तथा शुभकामना दिनुभएको हो । 
औपचारिक कार्यक्रमको सञ्चालन विक्रम राईले गर्नुभएको थियो । सो कार्यक्रममा शिव शक्ति बाबाधाम संरक्षण समितिका पदाधिकारीले स्वागत तथा बाबाधामको विषयमा विस्तृत रुपमा जानकारी गराउनुभएको थियो । यस्तै सो कार्यक्रममा उपस्थित बाबा र अनुयायीहरुले कविता र भजनहरु प्रस्तुत गर्नुभएको थियो । 
शिवशक्ति बाबा धाम (त्रिकालेश्वर शिवालय मन्दिर)सँग सम्वन्धित एक धार्मिक र सामाजिक संस्था भएको आयोजकले जनाएको छ । शिवशक्ति बाबाको नेतृत्वमा दुःखपीडितहरूको सेवा, विश्व शान्ति पूजा, र आध्यात्मिक कार्यहरू गर्दै आइरहेका छन् । यस धामले शनिबार र मंगलबार विरामीहरूको उपचार (जस्तै प्यारालाइसिस), आर्थिक सहयोग, वृक्षारोपण जस्ता सामाजिक कार्यहरूमा संलग्न हुन्छ र नियमित रूपमा कोटीहोम जस्ता धार्मिक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको पदाधिकारीहरुले जानकारी दिनुभएको छ । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment