अनमोल समाचारदाता
उर्लाबारी । कुखुराको मासु र अण्डाले मानव शरीरलाई हुने फाइदाको विषयमा बुझाउदै उर्लाबारीमा १३औं राष्ट्रिय पोल्ट्री दिवस मनाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघ सुनसरी – मोरङ जिल्ला समितिले विहीबार मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर , उर्लाबारी –३ ,मंगलबारेमा सचेतनामुलक कार्यक्रम गरी उपचार्थ भर्ना भएका सुत्केरी तथा विरामीहरुलाई एक क्यारेटका दरले अण्डा वितरण गरेको छ ।
सो कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेलले अण्डा वितरण गरेकी थिइन् । जम्मा ८० क्यारेट अण्डा निःशुल्क वितरण गरिएको थियो ।
नेपालमा आधुनिक कुखुरापालन सुरु भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष पुष १७ गते पोल्ट्री व्यवसायीहरूको महान चाडको रुपमा सो दिवस मनाउन थालिएको संघका जिल्ला उपाध्यक्ष उमेश थापाले जानकारी दिए ।
पोषण प्रवद्र्धन तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने हेतुले आयोजित कार्यक्रममा बोल्दै उपमेयर पौडेलले पोल्ट्री क्षेत्रले ग्रामीण अर्थतन्त्र, रोजगारी र पोषण सुरक्षामा पु¥याएको योगदानबारे चर्चा गरिन् । उनले कुखुराको अण्डा पोषणयुक्त आहारा भएको उल्लेख गर्दै मातृ शिशुलाई लाभदायक हुने बताइन् । यस्ता खालका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू प्रशंसनीय रहेको पौडेलको भनाई थियो ।
नेपाल लेयर्स कुखुरा पालक संघ सुनसरी – मोरङका अध्यक्ष होमनाथ बास्कोटाको सभापतित्वमा भएको कार्यक्रममा अस्पतालका सुचना अधिकृत निराजन पौडेल, पोल्ट्री व्यवसायीहरु निर्मल कटुवाल, जयबहादुर खड्का, दीपक लामिछाने, खड्गबहादुर कार्की, सन्तोष श्रेष्ठ कृष्णबहादुर लामालगायतको उपस्थिति रहेको थियो ।
वि.सं. २०१७ साल पुष १७ परवानीपुर बाराको सेन्ट्रल ह्याचरी सञ्चालनसँग नेपालमा आधुनिक पोल्ट्रीको सुरुवात भएको संघकाअध्यक्ष बास्कोटाले बताए । उनका अनुसार २०७० सालमा पहिलो पटक पूर्वी चितवनको रत्ननगरमा प्रथम राष्ट्रिय पोल्ट्री दिवस मनाइएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)

0 Comments:
Post a Comment