येले साम्लो नाइसुम ५०८६ को तयारी पूरा


अनमोल समाचारदाता
पथरी शनिश्चरे ।
येले साम्लो नाइसुम ५०८६ अन्तर्गत आयोजना हुने मौलिक भाका गायन प्रतियोगिताको फाइनल कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । 
यस वर्षको फाइनल प्रतिस्पर्धामा इलामकी रिता आङ्देम्बे, पाँचथरका मिलन लिम्बु र मिक्लाजुङका दिलिप माखिम सहभागी हुनेभएका छन् । फाइनल प्रतिस्पर्धाको तयारीका लागि तीनै जना प्रतिस्पर्धीहरू विगत १५ दिनदेखि क्याम्पिङमा सहभागी हुँदै नियमित अभ्यासमा जुटिरहेका छन् । पथरी शनिश्चरे वडा नं. ३ मा हुने क्याम्पिङ अवधिमा मौलिक भाका, प्रस्तुति शैली र सांगीतिक अनुशासनमा विशेष ध्यान दिइएको छ ।
मौलिक भाकाको संरक्षण र प्रवद्र्धन गर्ने हुतुले आयोजना गरिएको सो गायन प्रतियोगिताको फाइनल कार्यक्रम यही माघ १३ गते (भोलि) येलेमेला परिसरमा साँझ ६ बजेदेखि सुरु हुनेछ । कार्यक्रमलाई दर्शक तथा संगीतप्रेमीहरूको उल्लेख्य उपस्थितिमा भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजक समितिले जानकारी दिएको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment