अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेमा स्थापित पथरी जेसीजले हरेक वर्षझैं यस वर्ष पनि माघ १६ गते सहिद दिवसको साझँ ज्ञात तथा अज्ञात सहिदहरूको सम्मानमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
पथरी जेसीज कार्यक्रम वर्ष २०२६ का बोर्ड पदाधिकारीहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले देशका लागि जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै अबको दिनमा कसैलाई पनि सहिद बन्न नपरोस् भन्ने शान्तिपूर्ण समाज निर्माणको सन्देश दिएको छ ।
सो कार्यक्रममा अतिथिका रूपमा पथरी जेसिज वर्ष २०२४ का अध्यक्ष जेसिआइ सिनेटर राजकुमार विश्वकर्मा, समाजसेवी प्रदिप राई लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी विशेष अतिथिका रूपमा पथरी जेसिजका संस्थापक अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर अशोक शंकर सहभागी हुनुहुन्थ्यो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले सहिदहरूको बलिदानले नै आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै नयाँ पुस्ताले सहिदको सपना पूरा गर्न इमानदार, जिम्मेवार र देशप्रेमी नागरिक बन्नुपर्नेमा जोड दिनुभयो । पथरी जेसिज कार्यक्रम वर्ष २०२६ का अध्यक्ष सुमन कुरुम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसिज सदस्यहरू, सामाजिक अभियन्ता तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमले सहिदप्रतिको सम्मानसँगै समाजमा शान्ति, एकता र सद्भाव प्रवद्र्धन गर्ने सन्देश फैलाएको आयोजकले जनाएको छ। कार्यक्रम रीता कुलुङको संयोजकत्वमा सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)

0 Comments:
Post a Comment