अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ ले जेन्जी आन्दोलनका क्रममा भएको क्षतिपछि तत्काल पुनः पूर्ववत् अवस्थामा सेवा प्रवाह गर्न वडालाई सहयोग गर्ने सहयोगी मनका धनी व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।
वडाध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा आज वडा कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा सहयोगी व्यक्ति तथा संस्थाहरुलाई दोसल्ला ओढाइ तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले तथा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले सहयोगीहरुलाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नुभयो । वडा सचिव दीर्घराज रायले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्यहरु तथा स्थानीय वडावासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)

0 Comments:
Post a Comment