अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ‘विपन्न नागरिकसँग उप–मेयर’ कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार वडा नं. १ र १० का विपन्न विद्यार्थी तथा विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गर्दै उक्त कार्यक्रमको समापन गरिएको हो । वडा नं. १ मा वडाध्यक्ष भीम राई, वडा सदस्यहरू पूर्ण कार्की, वसुन्धरा गुरुङ, आरती विश्वकर्मा तथा वडा सचिव मित्रकला चापागाईंको सक्रिय सहभागितामा न्यानो कपडा वितरण गरिएको थियो ।
यसैगरी वडा नं. १० मा वडाध्यक्ष जीवन खतिवडा, वडा सदस्य वीरबहादुर बस्नेत तथा विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
पुस ७ गतेदेखि सुरु गरिएको उक्त कार्यक्रम नगरपालिकाका सबै १० वटै वडामा सञ्चालन गरिएको थियो । कार्यक्रम उप–प्रमुख देविमाया काफ्लेको अग्रसरतामा सम्पन्न भएको हो ।
कार्यक्रमको समापन गर्दै उप–प्रमुख काफ्लेले यस वर्षका लागि अभियान समापन गरिएको बताउँदै आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Subscribe to:
Post Comments
(
Atom
)

0 Comments:
Post a Comment