नगरपालिकमा लेखा परीक्षण प्रवेश बैठक


अनमोल समाचारदाता
पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा आर्थिक वर्ष २०८१÷०८२ को लेखा परीक्षण प्रवेश बैठक सम्पन्न भएको छ ।
सोमबार नगरपालिकाको सभाहलमा जनप्रतिनिधि, कर्मचारी तथा महालेखापरीक्षक कार्यालयको टोलीको उपस्थितिमा उक्त प्रवेश बैठक आयोजना गरिएको हो ।
प्रवेश बैठकमा नगर उप–प्रमुख देविमाया काफ्ले, वडा नं. ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की, वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा नं. १ का वडाध्यक्ष भीम राई तथा वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण)ले नगर र वडामा देखिएका विभिन्न समस्याहरूका विषयमा जानकारी गराउनुभएको थियो ।
जनप्रतिनिधिहरूले उठाउनुभएको जिज्ञासा तथा समस्याहरूका सम्बन्धमा महालेखापरीक्षक कार्यालयको टोलीका श्रीराम धिमालले प्रष्ट्याउनु भएको थियो ।



About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment