पथरीमा संस्था दर्ता सम्वन्धी तालिमको समापन

अनमोल समाचारदाता
पथरी ।
मोरङको पथरी शनिश्चरेमा सहकारी शिक्षा कार्यक्रम अन्तर्गत राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सहकारी संस्था दर्ता सम्वन्धी तालिम कार्यक्रमको भएको छ । 
मंगलबारदेखि सञ्चालन भएको सो तालिमको बुधबार समापन भएको हो । नगरपालिकाको सभाहलमा पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजना भएको सो तालिममा सहकारी संस्था लि.का व्यवस्थापकहरुले सहभागिता जनाउनुभएको थियो । 
तालिमको सहजीकरण जिल्ला बचत मोरङका कार्यकारी अधिकृत रामकुमार दाहालले गर्नुभएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment