चन्दन र प्रविण नेपाल प्रथम


अनमोल समाचारदाता
पथरी शनिश्चरे । ५ लाख बढी विद्यार्थी मध्येबाट रेडस्टार मावि पथरी शनिश्चरेका चन्दन साह र प्रविण कट्टेल कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा सामेल भई चन्दन र प्रविणले ३.९६ जीपीए प्राप्त गरी नेपाल प्रथम भएको दाबी गरिएको छ । यस्तैगरी मनिशा पोखरेल र प्रमिश रिजालले ३.९२ जीपीए ल्याएर उत्कृष्टता हासिल गरेका छन् ।
रेडस्टारबाट कक्षा १२ को परीक्षामा सहभागी कूल २ सय ७० परीक्षा मध्ये २ सय ६२ जना (९७.०४%) ग्रेडेड र ८ जना ननग्रेडेड भएका छन् । नतिजा अनुसार ३१ जनाले ३.६ भन्दा माथि, १२७ जनाले ३.२ भन्दा माथि, ८९ जनाले २.८ भन्दा माथि र १५ जनाले २.४ भन्दा माथि जिपिए प्राप्त गर्न सफल भएका छन् ।
अतः रेडस्टारले विगत ७ वर्षदेखि पथरी शनिश्चरे गरपालिकामा निरन्तर रुपमा सर्वाेत्कृष्ट नतिजा निरन्तर निकाल्दै आइरहेको छ ।
२०८१ को एसईईमा रेडस्टारका सतिश आचार्य र अजय लिम्बुले ४ जिपिए ल्याएर कोशी प्रदेशकै उत्कृष्टता हासिल गरेका थिए । यसरी नै व्यवस्थापन समूह सहित सबै समूहमा पथरी शनिश्चरेकै सर्वाेत्कृष्त नतिजा ल्याएको विद्यालयको यो कक्षा १२ को उपलब्धिले विद्यालयको मात्र नभई सम्पूर्ण प्रदेश र नगरको शैक्षिक छविमा नयाँ उचाई थपिएको छ । रेडस्टार अध्ययनका साथै अतिरिक्त क्रियाकलापहरुमा पनि अब्बलता हासिल गर्दै आइरहेको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment