नगरपालिकामा पैरवी कार्यक्रम सम्पन्न


अनमोल समाचारदाता
पथरी शनिश्चरे ।
मोरङको पथरी शनिश्चरे नगरपालिकामा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति तथा द्रुत प्रतिकार्य टोली सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ । आज कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न गरिएको हो ।
पथरी शनिश्चरे नगरपालिकाको समन्वय तथा स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश अन्तर्गत प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको सहयोग र सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयबाट आउनुभएका डा. समिर पराजुली र डा. सम्यम सुवेदीले आ–आफ्ना प्रस्तुतीकरण मार्फत द्रुत प्रतिकार्य प्रणालीको आवश्यकता, गठन प्रक्रिया तथा कार्यविधिबारे सहभागीहरूलाई जानकारी गराउनुभयो ।
नगर प्रमुख तुम्वापोले मन्तव्य राख्नुहुँदै नगरमा सम्भावित स्वास्थ्य आपतकालीन अवस्थालाई ध्यानमा राखी समयमै योजना बनाउने र सबै क्षेत्र तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
कार्यक्रममा स्वास्थ्य शाखाका सिअहेव अधिकृत एकराज खत्रीले नगरपालिकाको विगतका स्वास्थ्य सम्बन्धी गतिविधिहरू र प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा अध्यक्षहरू जीवन खतिवडा, भीम राई, नैना राई, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, चेतन खड्का, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, नगरका अन्य शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू तथा नगरका स्वास्थ्यकर्मीहरूको सक्रिय उपस्थिति थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment