‘तिम्रो मेरो कथा’को पहिलो प्रिमियर शो


अनमोल समाचारदाता
पथरी ।
नेपाली कथानक चलचित्र ‘तिम्रो मेरो कथा’को विराटचोकमा पहिलो प्रिमियर शो भएको छ । शनिवार विराटचोकमा अवस्थित विराट सिनेमा हलमा भएको प्रिमियर शोमा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । 
मोरङका विभिन्न स्थानमा छायांकन गरिएको सो चलचित्रलाई अनिश घिमिरेले निर्माण गरेका हुन् । चलचित्रमा अनिश घिमिरे, करण धिताल, शलु लिम्बु लगायतका कलाकारको जीवन्त अभिनय रहेको छ । प्रेम तथा वियोगको कथामा आधारित यस फिल्ममा केही उत्कृष्ट एक्सन दृश्यहरू समेत समावेश गरिएको छ । चलचित्रको एक्सनलाई दर्शकहरूले औधी मन पराएका छन् । साथै, कलाकारहरूको अभिनयलाई पनि दर्शकहरूले तारिफ गरेका छन् । 
चलचित्रलाई विराटनगर, पथरी शनिश्चरे, दमक लगायत पूर्वका विभिन्न स्थान र हलहरूमा च्यारिटी शो गरिने फिल्मका निर्माता तथा कलाकार शलु लिम्बुले जानकारी दिए । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment