पथरी शनिश्चरे नगर कार्यपालिका बैठकद्वारा विभिन्न निर्णयहरू पारित


अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको १ सय ८० औं नगर कार्यपालिकाको बैठकले विभिन्न निर्णयहरू पारित गरेको छ । 
नगर कार्यपालिकाको सभाहलमा भएको बैठकले नगरको केही आन्तरिक बजेट संसोधन गरेको छ । यसैगरी बैठकले शिक्षा समितिको निर्णय बमोजिम शिक्षक दरबन्दी मिलान गरेको छ भने विद्यार्थी संख्या कम भएको वडा नं. ४ को सिद्धार्थ आधारभूत विद्यालयलाई बन्द गरी मर्च गर्ने, सामाजिक आधारभूत विद्यालय वडा नं. ३ लाई कक्षा ८ बाट घटाएर ५ सम्म, वडा नं. ८ को मिलन आधारभूत विद्यालयलाई कक्षा ५ बाट घटाएर ३ सम्म, वडा नं. ९ को सिरिजंगा आधारभूत विद्यालयलाई कक्षा ५ बाट घटाएर ३ सम्म मात्रै सञ्चालन गर्ने निर्णय गरिएको छ । 
नगरपालिकाले लिएको निदानात्मक परीक्षा तथा कक्षा ८ को परीक्षाफलको बिषयमा विद्यालयहरुसँग स्पष्टीकरण माग गर्ने निर्णय भएको छ । 
यसैगरी निजी विद्यालयहरुले अनिवार्य प्रदान गर्नुपर्ने छात्रवृत्ति प्रदान गर्नका लागि विपन्न वर्गको विद्यार्थी प्रमाणित अनिवार्य वडा कार्यालयले गर्नुपर्ने, पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८२ लाई नगरपालिका भित्रका विभिन्न वडाका खेल मैदानहरुमा एकैसाथ अझ भव्य र सभ्य रुपमा सञ्चालन गरिने लगायतका निर्णयहरु पारित भएको नगर प्रवक्ता नवीन कार्कीले जानकारी दिनुभयो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment