पथरी शनिश्चरेमा माछा पसलको अनुगमन


अनमोल समाचारदाता
पथरी शनिश्चरे ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाले माछा पसलको अनुगमनलाई तीव्रता दिएको छ ।
नगरपालिकाले वडा नं. १ को बजार क्षेत्र र वडा नं. २ को बुद्ध चौकलाई क्षेत्र गरी २ क्षेत्रमा विभाजित गरेर नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको हो । अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाई, तौल, माछाको गुणस्तर लगायत हेर्ने गरिएको पथरी शनिश्चरे नगरपालिकाको अनुगमन निरीक्षक स्वास्थ्य अधिकृत एकराज खत्रीले जानकारी दिनुभयो । 
आइतबार अनुगमन समितिको संयोजक एवं नगर प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा साह माछा पसल, शनी फिस सेन्टर, सहजी माछा पसल, एभरेष्ट माछा पसल, हाम्रो फ्रेस हाउस, सिम्रन माछा पसल, कञ्चन फ्रेस हाउसमा अनुगमन गरिएको थियो । 
सो क्रममा वडा नं. १ को साह माछा हाउसबाट मुङ्ग्री माछा, वडा नं. २ को बुद्धचौकमा अवस्थित एभरेष्ट माछा पसलबाट मुङ्ग्री माछा र वडा नं. १ को शिखर चौकमा अवस्थित गुणस्तरहिन माछा बरामद गरिएको छ । सो माछाहरु नगर प्रहरीद्वारा डिस्पोज गरिएको छ । 
अनुगमन टोलीमा वडा नं. १ का वडाध्यक्ष भीम राई, अनुगमन समितिका सदस्यद्वय अन्जना शिवा, वीरबहादुर राई, राजश्व शाखा प्रमुख तारा ढकाल, नगरका मत्स्य प्राविधिक जनक चौधरी, नगर प्रहरीका प्रमुख असई योगेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । नगरले माछा पसलको पटक पटक अनुगमन गर्दै आइरहेको छ र यस पटक माछा पसलहरुमा अलि सुधार आएको अनुगमन निरीक्षक खत्रीले बताउनुभयो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment