आँखा स्वास्थ्य सम्वन्धी अभिमुखीकरण


अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगरका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आँखा स्वास्थ्य सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
बुधबार नेपाल नेत्र ज्योति संघको ४७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आँखा तथा कान उपचार प्रणाली विराटनगर आँखा अस्पतालको आयोजनामा भएको उक्त कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो ।
कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको थियो । यसैगरी स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, जनस्वास्थ्य अधिकृत जगत मगर, क्षयरोग को–अर्डिनेटर मुकेश पौडेल र नगरका स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सँगै कार्यक्रमको विषयमा स्वास्थ्य शाखा प्रमुख आचार्यले स्वास्थ्य स्वयंसेविकाहरू समुदायस्तरमै क्रियाशील रहेकोले उनीहरूलाई आँखा स्वास्थ्यसम्बन्धी ज्ञान दिनु अत्यन्त आवश्यक रहेको बताउनुभयो । 
नगर प्रमुख तुम्वापोले आँखा शरीरको अत्यन्त संवेदनशील अंग भएकाले यसको हेरचाह गर्नुपर्नेमा विशेष जोड दिनुभयो । उहाँले नियमित रूपमा आँखा परीक्षण गराउनुपर्ने, झिना मसिना समस्यालाई हेलचक्र्याइँ नगर्नुपर्ने तथा स्वस्थ्य जीवनशैली अपनाउनुपर्ने सुझाव दिनुभयो । यसैगरी नगरपालिकाले स्वास्थ्य सेवा सुधारका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रोग्राम असोसिएट दिपनारायण विश्वास, नेत्र अधिकृत शुनिल चौधरीले सहजीकरण गर्दै सो अभिमुखीकरणमा आँखा स्वास्थ्य, सुरक्षाका उपाय, आँखा रोगको प्रारम्भिक पहिचान र उपचारबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment