मकै खेती क्षेत्र विस्तार विशेष अनुदान र कृषि यन्त्र उपकरणको अनुगमन


अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको संयोजकत्वमा हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदान र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमको अनुगमन गरिएको छ । 
विहिबार वडा नं. ९ र ५ को मौलीबारीमा कृषि विकास शाखा पथरी शनिश्चरेमा मकै रोप्नको लागि कृषि शाखाबाट प्राप्त हुने अनुदान रकम प्राप्तका लागि सहभागी गराई पाउन सिफारिस गरी पाउँ भनी माग निवेदन पेश गरेका कृषकहरुको हिउँदे मकै खेती क्षेत्र विस्तार र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरणको लागि अनुगमन गरिएको हो । 
उन्नत जातको मकै रोप्ने किसानहरुलाई आर्थिक सहयोगसँगै व्यवस्थित पशुपालन, कृषि गर्नुहुने कृषकहरुलाई च्याप कटर, मिनी ट्रिलर, कम्बाईन मिल, मकै रोप्ने मेसिन नगरपालिकाद्वारा वितरणका लागि परेको निवेदनका आधारमा संयोजक काफ्ले सहित वडा नं. ७  का वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक उद्धवराज बस्नेत, वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई, वडा सदस्य गणेश लिम्बु, नगरका कर्मचारी प्रवेश ढकाल लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment