नगरद्वारा अनौपचारिक श्रमिक महिलाहरु सम्मानित


अनमोल समाचारदाता
पथरी शनिश्चरे ।
‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अनौपचारिक श्रमिक महिला सम्मान कार्यक्रम गरिएको छ । 
शनिबार पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा नगरपालिकाको २५ जना श्रमिक महिलाहरुलाई सम्मान गरिएको हो । नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा महिलाहरुलाई नगद सहित दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको हो । 
कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की, वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण), वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत र वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडाले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
नगरपालिकाको बालबालिका तथा महिला शाखा प्रमुख गीता कट्टेलले सञ्चालन गर्नुभएको कार्यक्रममा राजश्व शाखा प्रमुख तारा ढकाल, कार्यपालिका सदस्य अञ्जना शिवा, सुरेश कार्की, पूर्णबहादुर कार्की, नगरका श्रमिक महिलाहरुको उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment