पथरी शनिश्चरेमा बुद्धिचाल प्रतियोगिता


अनमोल समाचारदाता
पथरी । नेपाल बुद्धिचाल संघ पथरी शनिश्चरे नगरसमिति मोरङको आयोजनामा पथरीमा ‘प्रथम अन्तर स्कुल टिम बुद्धिचाल प्रतियोगिता–२०८१’ सम्पन्न भएको छ । 
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमख आतिथ्यमा भएको सो प्रतियोगिताको उपाधि वडा नं. १ मा अवस्थित एभरेष्ट इङ्लिस बोर्डिङ स्कुलले उपाधि जितेको छ । शनिबार भएको प्रतियोगिताको अन्तिम ३ राउण्ड भएको थियो । प्रतियोगिताभर ९ राउण्डको खेलमा एभरेष्टका विद्यार्थीहरूले १७ अंक ल्याएर नगरको च्याम्पियन बनेको हो ।  
यसैगरी १४ अंक ल्याएर मोरङ मेरिगोल्ड अंग्रेजी हाई स्कुल दोस्रो र १३ अंक ल्याएर बाल जानगरण विद्या मन्दिरले प्रतियोगिताको तेस्रो स्थान हासिल गरेको छ । 
विजेता विद्यालय र खेलाडीहरुलाई पथरी शनिश्चरे नगर प्रमुख तुम्बापो, नेपाल बुद्धिचाल संघ प्रदेश समिति सदस्य रामकुमार मादेन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment