नगर उप–प्रमुख काफ्लेद्वारा पोखरी खाजा घरको शिलान्यास


अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले शान्ति भुल्के सिमसारको पोखरी खाजा घरको शिलान्यास गर्नुभएको छ । 
आज पथरी शनिश्चरे–१ मा अवस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको पोखरीको बीचमा अवस्थित पोखरी खाजा घरको प्रमुख अतिथि काफ्लेले शिलान्यास गर्नुभएको हो । सो पोखरी खाजा घर संघीय सरकार पर्यटन मन्त्रालयको ९० लाख लागतमा निर्माण हुनेभएको हो । सो पोखरी खाजा घर स्तुपाबाट पानीको फोहरा झर्ने र बोटिङको आकारमा निर्माण हुने शान्ति सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङले जानकारी दिनुभयो । 
सो कार्यक्रममा पूर्व नगर प्रमुख दिलिपकुमार राई, वडा नं. १ का अध्यक्ष भीम राई, कार्यपालिका सदस्य विरध्वज शिवा, युवा समाजसेवी एवं शिक्षाप्रेमी प्रदिपकुमार राई, शान्ति सामुदायिक वनका उपाध्यक्ष नवराज मिश्र, कुलबहादुर गुरुङ, पूर्व वडाध्यक्ष बाबुराम येङ्देन, रोमान्सी धिमाल, गायक महेश बुढाथोकी, हेमभक्त तमु लगायतको उपस्थिति रहेको थियो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment