अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ ले वडाभित्रका खोपकेन्द्रमा मासिक रुपमा खोप लगाउन आउने महिला तथा बालबालिकाहरुका लागि निःशुल्क सिटीसफारीको व्यवस्था गरेको छ ।
वडाध्यक्ष नवीन कार्कीका अनुसार वडाका दुई वटा खोपकेन्द्रहरुमा २० गते सञ्चालन हुने शुक्रबारे खोपकेन्द्र र २१ गते सञ्चालन हुने सोमबारे खोपकेन्द्रमा आफ्ना बालबालिकाहरुलाई मासिक रुपमा खोप लगाउन टाढाबाट आउँदा ब्यहोर्नु परेको कठिनाईलाई मध्यनजर गरी यही मंसिर महिनादेखि सफारी निःशुल्क व्यवस्थापन हुने वडाले जनाएको छ ।
‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत सो सेवा निःशुल्क सुरुवात गरिनेछ । साना बालबालिकालाई खोप लगाउन हिड्दै आउनुपरेपछि त्यसलाई समाधान गर्न वडाले यो कार्यक्रम सुरु गरेको हो ।

0 Comments:
Post a Comment