क्षयरोगीलाई पौष्टिक आहार वितरण


अनमोल समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका र उर्लाबारी नगरपालिकामा क्षयरोगीहरुलाई पौष्टिक आहार वितरण गरिएको छ ।

बि.एन.एम.टी. नेपालबाट सावित्री बस्नेत फण्ड फर टी.वी. र बि.एन.एम.टी. युकेको आर्थिक सहयोगमा संचालित सो कार्यक्रम माघ २७ गते पथरी शनिश्चरे र उर्लाबारी नगरपालिकामा वितरण गरिएको हो । 

क्षयरोगीलाई चामल, दाल, तेल, चना, सर्वाेत्तम पिठो, अण्डा र सोयाविन तेल वितरण गरिएको थियो । पथरी शनिश्चरेमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, स्वास्थ्य अधिकृत एकराज खत्री लगायतले वितरण गर्नुभएको थियो । 

बि.एन.एम.टी. नेपालको पोषण खाद्यान्न सहयोग परियोजना अन्तर्गत न्यून आयस्रोत भएका टि.बी. रोगबाट प्रभावित बिरामीहरुको लागि उपचारको ६ महिनासम्म मासिक रुपमा उपलब्ध गराइनेछ ।


About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment