एन.सी.सी.मा सहभागी विद्यार्थीहरूको तालिम निरीक्षण


अनमोल समाचारदाता
पथरीशनिश्चरे ।
मोरङका विभिन्न विद्यालयहरूबाट राष्ट्रिय सेवा दल (एन.सी.सी.)को जुनियर डिभिजन ५० औं ब्याचका विद्यार्थीहरूको तालिमको निरीक्षण तथा अनुगमन भएको छ ।
आइतबार राष्ट्रिय सेवा दल पूर्व तालिम शिक्षालय, मोरङ (याङ्शीला) का प्रमुख सेनानी राज कुमार बस्नेतको नेतृत्वमा आएको निरीक्षण तथा अनुगमन टोलीले मोरङको पथरी शनिश्चरे –०२ मा स्थापित रेडस्टार माविमा भैरहेको ‘एनसीसी  ट्रेनिङ’ अवलोकन तथा अनुगमन गरेको हो ।
यस विद्यालयबाट यस वर्षको लागि ३६ जना विद्यार्थीहरु एनसीसी तालिममा छनौट भइ हाल तालिम संचालन भइरहेको छ । सो तालिममा सहभागी विद्यार्थीहरूलाई सेवा दल मोरङका प्रमुख सेनानी राजकुमार बस्नेत, तालिमका प्रशिक्षकहरु राजु बस्नेत, महेश थापा मगर, चन्द्र विनोद दहाल, समेतले आवश्यक जानकारी तथा निर्देशन सहितको ब्रिफिङ दिनुभएको थियो ।
सोही क्रममा रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टी.एन. तिम्सिनाले आफ्नो विद्यालयका छात्र छात्राहरूलाई राष्ट्रिय सेवा दलमा संगठित गरी भविष्यमा राष्ट्र सेवामा समर्पित हुने अवसर दिएकोमा आभार सहित प्रशंसा  गर्नु भएको थियो। सोहि क्रममा तालिमको निरीक्षण तथा अनुगमन गर्न आएको टोलीका सदस्यहरुलाई उहाँले रूद्राक्ष माला लगाई मायाको चिनो प्रदान भएको थियो । सो अवसरमा राष्ट्रिय सेवा दल तालिम शिक्षालय याङ्शिला मोरङका प्रमुख सेनानी राजकुमार बस्नेतले विद्यालय परिवारले न्यानो आतिथ्यता तथा सम्मान प्रकट गरेको भन्दै आभार प्रकट गर्नुभएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment