अनमोल समाचारदाता
पथरी । पथरी शनिश्चरे नगरपालिकाको प्रमुख मोहन प्रसाद तुम्वापोको अगुवाईमा नगरमा स्थापित सामुदायिक विद्यालयहरूको अनुगमन÷निरीक्षण गरिएको छ ।
आइतबार तेस्रो चरणको कार्यक्रममा नगरका विभिन्न वडाहरुको सामुदायिक विद्यालयहरुको अनुगमन÷ निरीक्षण गरिएको हो । सो अनुगमनमा शिक्षा शाखा प्रमुख नविन खुलाल, सव–इन्जिनियर रन्जित राजवंशी र वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो निरीक्षणमा विद्यालयहरुको भवन र टिनको छानोको अवस्थाहरुको स्थिति हेरिएको थियो । जीर्ण अवस्थामा रहेका भवनको मर्मत् र चुहिने भएका टिनको छानो फेर्न वा मर्मतका लागि आवश्यक पर्ने बजेटको पूर्व तयारीका लागि तेस्रो चरणको निरीक्षण गरिएको शिक्षा शाखा प्रमुख नविन खुलालले जानकारी दिनुभयो ।

0 Comments:
Post a Comment