लागूऔषध तस्करी र वन्यजन्तु अपराध विरुद्ध पथरी प्रहरीलाई उल्लेखनीय सफलता

अनमोल समाचारदाता

पथरी । इलाका प्रहरी कार्यालय पथरीले छाटो समयमै लागूऔषध तस्करी र वन्यजन्तु अपराध विरुद्ध उल्लेखनीय सफलता हासिल गरेको छ । कार्यालय प्रमुख भएर भर्खरै इप्रका पथरी आएका डिएसपी मोहन विक्रम दाहालको नेतृत्वको टोलीले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरिरहेको छ ।

गत साता इलाका प्रहरी कार्यालय पथरीले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न स्थानबाट ६ वटा घटनामा पक्राउ गरिएको १३ जना अपराधीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर, बेच्न लानको लागि तयारी अवस्थाको सालकको खपटा, उनीहरुले प्रयोग गर्ने भारतीय मोटर साइकल र अटो पनि बरामद गरेको हो ।

इप्रका पथरीले भदौं १ गते मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ७ बाट मोटरसाईकलमा सवार दुई जनालाई अवैध वन्यजन्तु सालकको ८ सय ५० ग्राम खपेटा सहित पक्राउ गरेको थियो । रंगेली नगरपालिका–१ बस्ने वर्ष ४५ को गगन गच्छदार र सप्तरी जिल्ला कञ्चनपुर नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३५ को बासुदेव सरदारलाई पक्राउ गरेको हो । उनीहरुले प्रयोग गरेका प्रदेश १–०२–०५२ प ११६७ नम्बरको मोटर साईकल पनि बरामद गरिएको छ ।

यस्तैगरी, भदौ १ गते अवैध प्लाष्टिकको बोरामा २ केजी ९ केजी ८८ ग्राम, सेतो प्लाष्टिकमा ७ सय ४४ ग्राम, कालो प्लाष्टिकमा ८ सय ७२ ग्राम गरी जम्मा ४ केजी ५ सय ८४ ग्राम सालकको खपेटा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर बेलका –३ बस्ने बर्ष ४८ को कृष्णराज मगर, बेलका –६ बस्ने डिकबहादुर पुर्व छाने मगर र सप्तरी कृष्णसवरण गाउँपालिका वडा नं. १ बस्ने बर्ष ५५ को उमेश प्रसाद चौधरीलाई दिउँसो ३ बजे प्रहरीले पक्राउ गरेको थियो । यसैगरी साउन ३० गते पथरी शनिश्चरे–४ बस्ने वर्ष ३२ को सिमन परियारलाई लागू औषध सहित पक्राउ गरेका थिए । ट्रमाडोल १११० क्याप्सुल र डिकोलिक ६,६०० चक्की सहित परियारलाई विहान ९ः३० बजे पक्राउ गरिएको प्रहरीले बताएका छन् । पथरी शनिश्चरे–६ बस्ने हेमराज चन्द्रबंशीलाई दिदैं गरेको अवस्थामा पक्राउ गरेको हो भने हेमराज चन्द्रबंशी भने फरार रहेको इप्रका पथरीका डिएसपी मोहन विक्रम दाहालले बताए । लागूऔषध बोकेको परियारको को २ ह १६१५ नम्बरको अटो पनि प्रहरीको नियन्त्रणमा छ ।

गत साउन ३१ गते भारतबाट नेपालमा लागूऔषध बिक्री गर्न आएका तीन भारतीय नागरिकलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको थियो । साँझ ६ ः३० बजेको समयमा विहार प्रान्त जिल्ला अररिया बस्ने बर्ष २४ को मिथलेस कुमार मण्डल, बर्ष २६ का भास्कर कुमार शर्मा र बर्ष २५ को सौरव कुमार पासवानलाई पक्राउ गरेको हो । उनीहरुले प्रयोग गरेका बिआर ३८ एल ९३०९ नम्बरको भारतीय मोटरसाइकल पनि बरामद गरेका थिए । यसैगरी, साउन २० गते मोरङको पथरी शनिश्चरेमा दुई जना भारतीय नागरीकलाई ७ ग्राम १७ मिलिग्राम (ब्राउन सुगर) लागूऔषध सहित पक्राउ गरिएको थियो । उनीहरलाई साँझ ६ ः३० बजे पथरी शनिश्चरे–१० बाट 

रंगेली नगरपालिका वडा नं. ७ बस्ने वर्ष २४ को अभय कुमार भास्कर र सुनबर्षी नगरपालिका –७ बस्ने बर्ष १९ को हयत अलीलाई पक्राउ गरेको थियो । उनीहरुले प्रयोग गरेका बिआर ३८ डी ७८८९ नम्बरको भारतीय मोटरसाईकल पनि बरामद गरेका थिए । मोटरसाईकलको इन्डीकेटरमा लुकाई छिपाई बिक्री गर्न ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी साउन २१ गते एक जना युवालाई ४ ग्राम ४८० मिलिग्राम(ब्राउन सुगर) लागूऔषध सहित पक्राउ गरिएको थियो । पथरी शनिश्चरे–८ बस्ने वर्ष २५ को दिपेश माझीलाई पक्राउ गरिएको हो । माझीलाई राति ११ः३० बजे पक्राउ गरिएको थियो । त्यस्तै साउन १९ गते ४ ग्राम ९५ मिलिग्राम(ब्राउन सुगर) लागूऔषध सहित भारत अररिय बस्ने २१ वर्षीय मोहम्द ईसराकलाई पक्राउ गरिएको थियो । उनलाई दिउँसो २ बजे कानेपोखरी गाउँपाकिला वडा नं. २ बाट पक्राउ गरिएको हो । उनको साथबाट लागूऔषध सहित बी.आर. ३८ डी.ए.बी.४१३५ नम्बरको भारतीय मोटरसाईकल पनि बरामद गरेका थिए । वन्यजन्तु तस्करी सम्बन्धी प्रहरीले वन कार्यालयसँग समन्वय गरी अनुसन्धान अघि बढाएको जनाएको छ भने लागूऔषध लगाएत सबै घटनाहरूमा थप अनुसन्धान भइरहेको इप्रका प्रहरीले जनाएको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment