रथयात्राको ‘क्रेज’ बढ्दो


श्रीकृष्ण जन्माष्टमी पर्वमा प्रायः सबै नगरपालिकाले रथयात्राको तयारी गरिरहेको छ । केही वर्षअघि विराटनगर, इटहरी, इनरुवा अलि ठूलो सहरमा मात्र आयोजना हुने रथयात्रा आजकाल प्रायः सबै नगरपालिकाले आयोजना गर्ने गरेका छन् । 

मोरङको उर्लावारीमा श्रीकृष्ण जन्माष्टमी पर्वमा भव्य रथयात्रा आयोजना हुनेभएको छ । अघिल्लो वर्ष झै यस वर्ष पनि भदौ १० गते सोमबार बिहान ७ बजेदेखी रथयात्रा हुने रथयात्रा व्यवस्थापन नगर समितिले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । सो रथयात्रालाई भव्य र व्यवस्थित बनाउन समाजसेवी एवं धार्मिक व्यक्तित्व यमुना राई संयोजक रहेको १५ सदस्यीय रथयात्रा व्यवस्थापन समिति गठन गरी कार्य अगाडि बढाइएको छ । 

उर्लाबारी जस्तै झापाको शिवसताक्षी नगरपालिकामा पनि भव्य रथयात्राको तयारी गरिएको छ । प्रथम ऐतिहासिक शिवसताक्षी रथ–यात्रा २०८१ को भव्य तयारी गरिएको छ । नगर प्रमुख श्री मेघाहाङ थोप्रा (रोषन) ज्युको प्रमुख आतिथ्यतामा सो रथयात्राको उद्घाटन गरिने आयोजकले जनाएको छ । यसैगरी पथरी शनिश्चरे नगरपालिकामा वडा नं. ४ मा रथयात्राको तयारी तिव्ररुपमा अगाडि बढाइएको छ । यसरी नै क्रमशः झापाका कन्काई नगरपालिका, विर्तामोड, अर्जनधारा नगरपालिका, दमक नगरपालिकामा पनि भव्यरुपमा रथयात्रा मनाउने भएको हो । 

यसैगरी कोशी प्रदेशको राजधानी विराटनगरमा भव्य रुपमा रथयात्रा मनाउने तयारी गरिएको छ । रथयात्रा मनाउनकै लागि प्रदेशभर बिदा दिइएको छ । 

मंगलबार विराटनगरमा निस्कने ऐतिहासिक रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ । ५६ औं संस्करणको रथयात्रामा ईटहरीस्थित पूर्वी पृतना हेडक्वाटर नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने रथयात्रा मुल समारोह समितिले जानकारी दिएको छ । यसरी नै इनरुवा र दुहवीमा पनि हरेक वर्ष भव्य र सभ्य रुपमा रथायात्रा मनाउने गरिएको छ ।  यसरी समग्रमा अहिले कोशी प्रदेशमा मात्रै नभएर देशभर नै रथयात्राको ‘क्रेज’ ह्वात्तै बढेको छ । हुन त हरेक संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्छ भने मानसिकता बढेर पनि होला रथयात्राको पनि महिमा बढेको । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment