उपचार केन्द्र भएर पनि सर्पको डसाईबाट ...


अनमोल समाचारदाता
दमक ।
कोशी प्रदेशको झापा जिल्लामा चार वटा सर्पदंश उपचार केन्द्र स्थापित छन् । तर, सर्पको डसाइबाट झापाकै प्रायः धेरै जनाले ज्यान गुमाउनु परिरहेको छ । 
झापाको चारआली, दमक, कोटीहोम र बनियानी गरी चार स्थानमा सर्पदंश उपचार केन्द्र सञ्चालित छन् । चारआलीमा नेपाली सेनाको सर्पदंश उपचार केन्द्र, दमकमा रेडक्रसद्वारा संचालित उपचार केन्द्र , कोटीहोममा कनकाई सहारा सर्पदंश उपचार केन्द्र र बनियानीमा कचनकवल गाउँपालिकाद्वारा संचालित बनियानी सर्पदंश उपचार केन्द्र स्थापित छन् । 


ती उपचार केन्द्रहरूमा साविक मेची अञ्चलभरिका, छिमेकी जिल्ला मोरङका र भारतको बंगाल र बिहारका समेत सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम र इलाममा सर्पदंश उपचार केन्द्र नहुँदा त्यहाँका विरामीहरु झापा आउने गरेका छन् । यस्तै झापाको चारवटा उपचार केन्द्र हुँदा पनि हरेक वर्ष धेरै जिल्लावासीहरुले सर्पको डसाइबाट ज्यान गुमाउनु 
परिरहेको छ । दुई महिनामा झापामा विषालु सर्पको डसाईबाट दुई जनाको मृत्यु भयो । एक किशोर र अर्की बालिकाको सर्पको डसाईबाट मृत्यु भएको थियो । यसैगरी बुधबार राति घरमा सुतेकै स्थानमा सर्पले डस्दा मेचीनगर नगरपालिका–८ शान्ति टोलमा अवस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशीको मृत्यु भएको थियो । त्यसअघि गत असार ११ गते कचनकवल गाउँपालिका वडा नं.३ गंगाबस्तीका हरिप्रसाद राजवंशीकी १२ वर्षीया छोरी मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा कालो गोमन सर्पले डस्दा उनको मृत्यु भएको थियो । 
त्यसअघि गत फागुन ३ गते विषालु सर्पले डसेर कचनकवलकै एक महिलाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कचनकवल वडा न.१ बस्ने ओमबहादुर दाहालकी श्रीमती करिब ६५ वर्षीया टिकामाया दाहाल रहेकी थिइन् । मेचीनगर–८ का राजवंशीलाई घरमा सुतेकै स्थानमा सर्पले डसेकोमा उपचारका लागि अस्पताल पु¥याउन नसक्दा उनको मृत्यु भएको जनाइएको छ ।
सचेतना अभाव र मानिसको लापरवाहीका कारण धेरै जनाको मृत्यु हुनेगरेको रेडक्रस झापाका सभापति लोकराज ढकाल बताउँछन् । सर्पको टोकाईको प्रकृति, मानिसको लापरवाही, समयमै उपचार नहुनु, यातायातको असुविधा जस्ता कारणले सर्पको टोकाईबाट ज्यान गुमाउनु परिरहेको उनले सुझाए । छिमेकी जिल्ला र भारतका विरामीहरु समयमा नै  आएर उपचार गरेर फर्किन्छन्’ उनले सुनाए ‘घर पायकमा ४ वटा उपचार केन्द्र हुँदा पनि झापाकै मानिसहरु निको नभएर मर्नु भनेको दुःखद हो ।’ यतिवेला सर्पदंशका बिरामीहरुको चाप बढेको सर्पदंश उपचार केन्द्रहरुले जनाएको छ । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment