सामुदायिक वन उपभोक्ता महासंघले मनायो वन दिवस


अनमोल समाचारदाता
मोरङ । ‘सामुदायिक वनको प्रभावकारिता, तिनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ मोरङले सामुदायिक वन दिवस मनाएको छ । 
शुक्रबार वन दिवसका अवसरमा उर्लावारी १ मा रहेको मनोहर सामुदायिक वनको हलमा सम्पन्न कार्यक्रममा उर्लावारी नगरउपप्रमुख मिना खतिवडा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष तथा पथरीशनिश्चरे १० स्थित डांस मोरङ्गी सामुदायिक वनका अध्यक्ष मदन पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा, उपभोक्ता महासंघका जिल्ला पदाधिकारी, विभिन्न नगरका पदाधिकारी, मोरङ जिल्लाभरका १०० वढि सामुदायीक वनका पदाधिकारी तथा बनकर्मिहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा उर्लावारी नगर उपप्रमुख मिना खतिवडा पौडेलले विश्व जगतमा नेपालको पहिचान नै वन क्षेत्र भएकाले यसको विस्तार र विकास अहिलेको आवश्यकता रहेको वताउनुभएको थियो । हरियो बन नेपालको धन भन्ने पहिचान रहेकोले यसको यसको संरक्षण हुन जरुरी रहेको बताउँदै उहाँले सामुदायीक वनको संरक्षणमा स्थानीय स्तरमा जनसहभागिता गराएमात्र सामुदायीक वनको संरक्षण हुने उहाँले बताउनुभयो । 
यसैगरी उर्लावारी नगरमा रहेका सामुदायिक वनहरुसंग सहकार्य गरेर वन विकासमा गर्न उर्लावारी नगर संधैँ तत्पर रहेको उहाँले अवगत गराउनुभयो । 
कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ मोरङका संस्थापक अध्यक्ष्म निरविक्रम किरातिलाई उहाँको योगदानको चर्चा गर्दै सम्मानपत्रसहित सम्मान समेत गरिएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment