नगरमा शान्ति सुरक्षा विषयमा छलफल



अनमोल समाचारदाता

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा शान्ति सुरक्षा विषयमा छलफल गरिएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको कार्यकक्षमा बुधबार भएको सो छलफलमा चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने विषयमा व्यापक छलफल गरिएको थियो ।  
सो छलफलमा उप–प्रमुख देविमाया काफ्ले, इलाका प्रहरी पथरीका प्रमुख डिएसपी मोहन विक्रम दाहाल, वडा नं. १ का अध्यक्ष भीम राई, उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष दिपक बस्नेत, कार्यपालिका सदस्यदद्वय विरध्वज शिवा र सुरेश कार्कीको उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment