गत साता मात्र इलाम जिल्लामा अलैंचीको मूल्य वृद्धि भए पनि बगान मासिँदै जान थालेको समाचार प्रकाशन प्रसारण भए । यो बढो दुःखद खबर हो । यसैले अलैचीको प्रवद्र्धनमा हामी लाग्न जरुरी छ । खासमा अलैचीको मूल्य वृद्धि पहिले नै भएको भए पनि यसको बोट कम मात्रामा मासिने थियो कि भन्ने बुझ्न सकिन्छ ।
अलैचीको प्रवद्र्धन गर्नु हर तरह बाट निक्कै फाइदाजनक हुन आउँछ । एक त यसको प्रवद्र्धनले आर्थिक लाभ हुन्छ । अर्काेतर्फ यसले स्वास्थ्यमा पनि निक्कै फाइदा पु¥याउँछ । अलैचीलाई नेपाल र अन्य दक्षिण एसियाली खानामा यसको विशेष स्थान छ । यसलाई स्वादिष्ट बनाउन, पेटको गडबडीलाई सुधार गर्न र सुगन्धित चिया बनाउन प्रयोग गर्ने गरिएको
छ । यसको प्रवद्र्धनमा विशेषतः ध्यान दिन जरुरी छ । अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेको बुझ्नमा आएको छ ।
गत वर्ष प्रतिमन (४० किलो) ८० हजार रुपैयाँमा बिक्री भएको अलैंची यस वर्षको सुरुवातमै ८५ हजार रुपैयाँ प्रतिमन खरिद बिक्री भएको थियो । यस वर्ष अलैंचीको मूल्य बढे पनि उत्पादन घटेको किसानहरुले बताउने गरेका छन् । अलैचीको बोटलाई मासिनबाट जोगाउन पानी नपरेपछि त्यसको विकल्पमा कृत्रिम तरिकाले पानीको जोहो गर्नु नितान्त आवश्यक थियो । जस्तो कि मोटर गाडेर या पानी ट्याक्ङ्कीबाट ल्याएर जोहो गर्नु आवश्यक थियो ।
नेपालको पूर्वी क्षेत्रमा मात्रै उत्पादन भएको अलैँची झापाको काँकडभिट्टा हुँदै बाहिर निकासा हुनेगरेको थियो । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ५० लाख १८ हजार तीन सय ३५ किलो अलैँची निर्यात हुँदा ७ अर्ब ९४
करोड ९ लाख ६४ हजार बराबरको करोबार भएको थियो । आ.व. २०७९÷८० मा ८ अर्ब २७ करोड ६८ लाख बराबरको ९९ लाख ९१ हजार एक सय ४९ किलो अलैँची निर्यात् गरेको थियो । यसलाई आर्थिक आम्दानीको हिसावले निक्कै नै राम्रो मानिन्छ । यस्तै कारण पनि अलैचीको प्रवद्र्धन गर्न आवश्यक नै छ । र, यसलाई जसरी हुन्छ प्रवद्र्धन गर्नतर्फ उन्मुख होऔं ।

0 Comments:
Post a Comment