पञ्चवर्षीय आवधिक योजना छलफल कार्यक्रम


अनमोल समाचारदाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले आवधिक योजना छलफल कार्यक्रम सम्पन्न गरेको छ । आइतबार वडाले नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आगामी पाँच वर्षको आवधिक विकास योजना निर्माणको लागि सरोकारवालाहरुसँग छलफल गरेको हो ।  
वडा नं. १ का अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय उद्योगी व्यवसायी, स्वास्थ्यकर्मी र वडा कर्मचारीहरूको उपस्थिति रहेको थियो । छलफल कार्यक्रममा पथरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष धनकुमार तामाङ, नेकपा एमालेका वडा अध्यक्ष प्रदिप कुमार राई, नेपाली कांग्रेसका सुमन बि.क., नेकपा (एकीकृत समाजवादी) का धनप्रसाद साँवा, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहनकुमार श्रेष्ठ, पूर्व जनप्रतिनिधि, पथरी कृषि बजार समिति अध्यक्ष राजेन्द्र गुरुङ, सञ्चारकर्मी अर्जुन जम्नेली राई लगायतको उपस्थिति रहेको थियो । 
वडाको योजना निर्माणको लागि पथरीशनिश्चरे नगरपालिकाले सार्प स्टडी रिसर्च सेन्टर काठमाडौंलाई जिम्मेवारी दिएको थियो । सेन्टरका अनुसन्धानकर्ताहरू राज पोख्रेल र प्रकाश पाण्डेले कार्यक्रममा विवरण प्रस्तुत गर्नुभएको थियो । वडाध्यक्ष राईले पन्च वर्षीय योजनाले वडाको समग्र विकासमा टेवा पुग्ने दाबी गर्नुभयो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment