उप–प्रमुखद्वारा खोलाले पु¥याएको क्षतिको अनुगमन


अनमोल समाचारदाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा वडा नं. १० मा डाँस खोला पु¥याएको क्षतिको अनुगमन गरिएको छ । 
आज वडाको जिरिखिम्ती, पशुपतिनगर चौक र त्रिवेणी चौकमा डाँस खोलाले गरेको कटान (क्षति)को अनुगमन गरिएको हो । अनुगमन पश्चात् सो क्षेत्रहरूमा तुरुन्त तटबन्धन र च्यानलाइज गर्न उप–प्रमुख काफ्लेले निर्देशन दिनुभयो । यसैगरी वडा नं. १० का अध्यक्ष जीवन खतिवडाले आजैबाट काम सुरु हुने बताउनुभएको छ । अनुगमनमा नगरका सूचना अधिकारी तथा योजना शाखा प्रमुख शिव कुमार राई, वडा सदस्य वीरबहादुर बस्नेत, नगरको इन्जिनियर सन्तोष केसी र प्राविधिक टोली लगायतको उपस्थिति रहेको थियो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment