वडा नं. ८ मा खुल्ला व्यायामशाला सञ्चालन


अनमोल समाचारदाता
पथरी ।
पथरी शनिश्चरे वडा नं. ८ ले वडावासीहरुको लागि खुल्ला व्यायमशाला निर्माण गरेको छ । 
वडाको वार्षिक कार्यक्रम अनुसार वडावासीहरुलाई दैनिक व्यायामको माध्यमबाट निरोगी बनाउनको लागि सो खुल्ला व्यायमशाला निर्माण गरिएको वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो । 
वडाको सोमबारीस्थित बुद्ध माविको कम्पाउण्डमा निर्माण भएको व्यायामशाला आजदेखि सञ्चालन भएको छ । सो व्यायामशाला वडाको बजेट मार्फत् निर्माण गरिएको भएपछि इच्छुकहरुले सो व्यायामशालामा निःशुल्क ब्यायाम गर्न सक्ने वडाले जनाएको छ । व्यायामशाला विहान ४ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खुल्ला रहने वडाध्यक्ष जानकारी बताउनुभयो । वडाले निरोगी वडा निर्माणको लागि सुगर तथा प्रेसरको औषधि समेत मागको आधारमा निशुल्क वितरण गरिरहेको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment