पथरीकी तुलसा द भ्वाइस अफ किड्सको ब्याटलमा


अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ स्थापित एभरेष्ट माविकी छात्रा तुलसा थापाले द भ्वाइस अफ किड्सको ब्लाइन्ड अडिसन सानदार तरिकाले पार गर्दै ब्याटलमा प्रवेश गरेकी छिन् ।
पथरी शनिश्चरे वडा नं. २ देविगन्जकी थापाले ब्लाइन्ड अडिसनमा कोचहरु छेवाङ लामा, प्रमोद खरेल, मिलन नेवार र मेलिना राईलाई प्रभावित पार्दै चेयर घुमाउन बाध्य बनाएकी थिइन् । एभरेष्टमा कक्षा–७ मा अध्ययनरत छात्रा थापाले ब्लाइन्ड अडिसनमा ‘सिरी सिरी हावा चल्यो ’ गीत प्रस्तुत गरेकी थिइन् । निक्कै संभावना बोकेकी तुलसाले द भ्वाइस अफ किड्समा राम्रो गर्नेमा ढुक्क रहेको संगीत शिक्षक अर्जुन सेन्चुरीले बताए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment