उप–प्रमुख काफ्लेद्वारा काजु खेतीको अनुगमन


अनमोल समाचारदाता
पथरीशनिश्चरे ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेले काजु खेती र काजुको विरुवा उत्पादनको अनुगमन गर्नुभएको छ । 
पथरी शनिश्चरे–३ का पूर्वशिक्षक भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा उत्पादन गरिरहेको समाचार सुनेपछि उप–प्रमुख काफ्ले आज सोको अनुगमन गर्न जानुभएको हो । अनुगमनको क्रममा पोख्रेलले भन्नुभयो–‘मैले यो काजुको विरुवा भारतबाट ल्याएको हुँ, ३ वर्षपछिदेखि फल्न सुरु ग¥यो, अहिले आम्दानीको हिसावले पनि राम्रै गरिरहेको छ ।’ पोखरेलले नगरसँग समन्य गरी काजु खेतीलाई प्रोत्साहन गर्न अुनरोध गर्नुभयो । तत्पश्चात उप–प्रमुख काफ्लेले सरसल्लाह पश्चात् नगरबाट काजु खेतीको लागि केही न केही कार्यक्रमहरु ल्याइने प्रतिवद्धता जाहेर गर्नुभयो । सो अनुगमनमा कृषि शाखा प्रमुख सविना राईको पनि उपस्थिति रहेको थियो । 


About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment