नगरपालिकाद्वारा सामुदायिक विद्यालयहरुको अनुगमन


अनमोल समाचारदाता
पथरी । पथरी शनिश्चरे नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरूको निरीक्षण/अनुगमन गरेको छ । 
आइतबार पहिलो चरणको कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, शिक्षा शाखा प्रमुख नविन खुलाल, इन्जिनियर सन्तोष केसी र प्राविधिकको उपस्थितिमा विद्यालयहरूको अनुगमन/निरीक्षण गरिएको हो । 
सो अनुगमन÷निरीक्षणमा विद्यालयको भवन र टिनको छानोको अवस्थाहरुको स्थिति हेरिएको थियो । जीर्ण अवस्थामा रहेका भवनको मर्मत् र चुहिने भएका टिनको छानो फेर्नका लागि आवश्यक पर्ने बजेटको पूर्व तयारीका लागि अनुगमन / निरीक्षण गरिएको शिक्षा शाखा प्रमुख नविन खुलालले जानकारी दिनुभयो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment