सञ्चार क्लब नेपालको २२ औं साधारणसभामा चार पत्रकार सम्मानित

अनमोल समाचारदात
उर्लाबारी ।
उर्लाबारीस्थित सञ्चार क्लब नेपालको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  शनिबार बिहान उर्लाबारी–५ स्थित होटल ग्राण्डमा आयोजित कार्यक्रममा चार जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा पत्रकारहरूको योगदानको कदर गर्दै नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।
सञ्चार क्लब नेपाल पत्रकारिता पुरस्कारबाट पत्रकार सन्तोष राई नगद १० हजार १ रुपैयाँसहित सम्मानित भएका छन् । त्यस्तै दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार केशब निरौला,  लिलागोमा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सन्तोष गौतम र दुर्गाराज पोमु (लिम्बू) स्मृति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार दुर्गा प्रसाद खतिवडा सम्मानित भएका छन् । उनीहरुदाई जनही नगद १० हजार १ रुपैयाँसहित प्रशंसा पत्रले सम्मानित गरिएको छ ।
सो कार्यक्रम कोशी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त सभाले आजै नया नेतृत्वसमेत चयन गर्ने  क्लबका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
क्लवका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उर्लाबारी नगर प्रमुख गंगा प्रसाद खरेल, वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणी पौडेल, वडा नम्बर ४ का वडाध्यक्ष कल्याण राई, इलाका प्रहरी कार्यालय उर्लाबारीकी प्रमुख प्रहरी निरीक्षक नविन ओली, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बू, समाजसेवी जयधर्म आचार्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, क्लवका पूर्वअध्यक्ष, पत्रकार महासंघ मोरङका प्रतिनिधि तथा क्लवका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment