क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ६ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ शिविरमा १ सय ८२ जनाको स्क्रीनिङ गरिएको छ ।
विहिबार भएको स्क्रीनिङमा आङ खस्ने सममस्या ४१ जना, प्रसब फिस्टुला २ जना, संभावित स्तन क्यान्सर १ जना, निःसन्तान भएको दम्पत्ती ३ जना र पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन गरिएको १ सय ८२ जनाको भीआईए जाँचमा एकै जना पनि पोजेटिभ नभेटिएको स्वास्थ्य अधिकृत एकराज खत्रीले जानकारी दिनुभयो ।
यसैगरी महिलाहरुमा गुप्त रोगहरु निदान भई उचित परामर्श, उपचार तथा जटिल प्रकारका समस्याहरुको सही व्यवस्थापन गरी सल्यक्रियाको लागि सवन्धित अस्पतालहरुमा निःशुल्क अपरेसन गर्ने व्यवस्थापन मिलाइएको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।
Subscribe to:
Post Comments
(
Atom
)

0 Comments:
Post a Comment