नगर प्रमुखद्वारा सुविधा सम्पन्न पौडी पोखरीको उद्घाटन


अनमोल समाचारदाता

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले सुविधा सम्पन्न व्यवस्थित पौडी पोखरीको उद्घाटन गर्नुभएको छ । 

शुक्रबार पथरी शनिश्चरे वडा नं. २ मा स्थापित श्री हरियाली सामुदायिक वन उपभोक्ता समूहमा सुविधा सम्पन्न व्यवस्थित पौडी पोखरीको प्रमुख तुम्वापोले उद्घाटन गर्नुभएको हो । 

वनका अध्यक्ष काबुल बहादुर मगर (विकास)को अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य वनका उपाध्यक्ष तथा हरियाली कम्पनी लि. का अध्यक्ष दिलबहादुर तामाङले राख्नुभएको थियो ।  

यसैगरी वडाध्यक्षहरु नैना राई, उद्धवराज बस्नेत, विजय लिम्बु, इलाका प्रहरी पथरीका प्रमुख गणेश श्रेष्ठ, वनका सल्लाहकार विष्णु ज्ञवाली, विभिन्न सामुदायिक वनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यसैगरी वडा नं. ३ को नौमती बाजा सहितको टोलीको पनि उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment