पथरी । मोरङको पथरी शनिश्चरेमा जेठ १२ गतेदेखि हुने भनिएको पथरीशनिश्चरे गोल्डकप स्थगित भएको थियो ।
आयोजक पथरी ११ का सचिव सुमन वि.कले केही दिन अघि सामाजिक सञ्जाल मार्फत् तत्कालका लागि गोल्डकप स्थगित भएको सूचना सम्प्रेषण गरेका
थिए । पथरी बजारमा अवस्थित जाँते मोडमा हुने भनिएको उक्त गोल्डकप तत्कालका लागि रोकिए पनि असोजमा गर्ने तयारीका साथ पूर्व तयारी थालिएको उनले जानकारी दिए । एन्फाले तथा पथरी शनिश्चरे नगरमा खेलकुद समितिले दिएको सल्लाह अनुसार तत्कालको लागि गोल्डकप सार्नु परेको सचिव विकले जानकारी दिए । छोटो समय तथा वर्षात्को मौसम हुन सक्ने भएकाले काठमाडौको क्लबहरु उपस्थित हुन नसक्ने जानकारी गराएका हुनाले र अग्रजहरूको सुझावलाई समेत मध्यनजर गरेर गोल्डकप असोज पहिलो साताबाट सञ्चालन गर्ने गरी सारिएको उनले बताए ।

0 Comments:
Post a Comment