वडा नं. १० को सहयोगमा शेयर बजार तालिम



अनमोल समाचारदाता
पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा दुई दिने शेयर बजार तालिमको उद्घाटन भएको छ । 
आज पथरीको मनोहर होटल एण्ड पार्कमा श्री कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजना तथा पथरी जेसीजको सह–आयोजनामा शेयर बजार तालिम सुरु भएको हो । 
कञ्चनजंघाका अध्यक्ष सागर थापाको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि वडा नं. १० का जीवन खतिवडाले तालिमबाट लिएको सिपलाई भरपुर उपयोग र सदुपयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो । तालिमको संयोजन शान्तिमाया विश्वकर्माले गर्नुभएको थियो । वडा नं. १० का ४५ जना प्रशिक्षार्थी रहेको तालिमको मुख्य प्रशिक्षक सिताराम ओझाले गरिरहनुभएको छ । 
उद्घाटन कार्यक्रममा वडा सदस्यहरु मिना तामाङ, दिलबहादुर कार्की, विरवहादुर बस्नेत, पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्मा, डाँसमोरङ्गी वनका अध्यक्ष मदन पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment